नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ बाट टिकट पाएका छन्।
सोमबार कांग्रेसको संसदीय बोर्ड बैठकले गच्छदारलाई क्षेत्र नम्बर ३ को टिकट दिएको हो।
उनी पूर्वसभापति शेरबहादुर देउवा निकट हुन्।
गच्छदार पटक पटक उपप्रधान तथा मन्त्री भइसकेका छन्।
यस्तै देउवा निकट रहेका ज्ञानेन्द्र कार्कीले पनि सुनसरी क्षेत्र ४ बाट टिकट पाएका छन्।