नेपाली कांग्रेसले पाँच जना सहमहामन्त्रीलाई टिकट प्रदान गरेको छ।
सोमबार कांग्रेसको संसदीय बोर्ड बैठकले पाँच जना सहमहामन्त्रीलाई टिकट दिएको हो।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले बारा क्षेत्र नम्बर ३ को टिकट पाएका छन्।
त्यस्तै धनुषा क्षेत्र नम्बर १ बाट मुक्ता कुमारी यादवले टिकट पाएकी छन्।
डोल्पाबाट कर्ण बुढा, ललितपुर–१ बाट उदय शमशेर राणा र बझाङबाट प्रकाश रसाइली स्नेही चुनाव लड्ने भएका छन्।
सहमहामन्त्री डिला संग्रौला पन्त, योगेन्द्र चौधरीको उम्मेदवारी टुंगो लाग्न बाँकी छ।
सहमहामन्त्री बहादुर सिं लामा बागमती प्रदेश सांसद हुन्।
महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेको पनि टिकट टुंगो लाग्न बाँकी छ।
यी पदाधिकारीहरू हालै भएको विशेष महाधिवेशनबाट चुनिएका हुन्।
मंगलबार निर्वाचन आयोगले मनोनयन गर्न समय तोकेको छ। त्यस अनुसार कांग्रेसले सोमबारै उम्मेदवार टुंग्याउन लागेको हो।
अरू दलले पनि उम्मेदवार लगभग टुंगो लगाइसकेका छन्।