नेपाली कम्युनिस्ट पार्टीले काठमाडौं र झापामा उम्मेदवार टुंग्याएको छ।
सोमबार काठमाडौंका दस वटै क्षेत्र र झापाका पाँच क्षेत्रमा नेकपाले उम्मेदवार टुंगो लगाएको हो।
काठमाडौं–१ मा मेनका भण्डारी, २ मा नितेश पौडेल, ३ मा निरज लामा, ४ मा इन्द्र भुसाल, ५ मा कल्पना शर्मा, ६ मा हेमलाल शर्मा, ७ मा बसन्तप्रसाद मानन्धर, ८ मा सुमन सायमि, ९ मा राधाकृष्ण महर्जन र १० मा हितमान शाक्य उम्मेदवार छन्।
झापा–१ मा अशेष घिमिरे, २ मा धर्मशिला चापागाईं, ३ मा हंशराज राजवंशी, ४ मा पुरूषोत्तम चुडाल उम्मेदवार बनेका छन्।
झापा–५ यसपलि चर्चाको केन्द्रबिन्दुमा छ। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो।
त्यहाँ काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाह रास्वपाका उम्मेदवार छन्।
एमालेले ओलीलाई र रास्वपाले बालेन शाहलाई प्रधानमन्त्री घोषणा गरेर चुनाव लड्ने तयारी गरेको छ।
नेकपाले झापा–५ मा रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ।
तामाङ पार्टीनिकट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हुन्।