नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले धनुषा क्षेत्र नम्बर ३ को टिकट पाएका छन्।
निधिलाई सोमबार बसेको संसदीय बोर्डको बैठकले टिकट दिएको हो।
उनी पछिल्लो समय विशेष महाधिवेशनको विपक्षमा खुलेका थिए।
विशेष महाधिवेशनले गगनकुमार थापा नेतृत्वको कार्यसमिति चयन गरेको थियो।
निर्वाचन आयोगले पनि उक्त कार्यसमितिलाई आधिकारिकता दिएपछि फागुन २१ गते हुने निर्वाचनका लागि देउवा पक्षलाई समेत समेटेर चुनावमा उम्मेदवार टुंग्याउन लागेको हो।
देउवा निकट ज्ञानेन्द्र कार्की, विजय गच्छदार, प्रकाशशरण महत लगायतले पनि टिकट पाएका छन्।