नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट अजयबाबु सिवाकोटीलाई उम्मेदवार बनाएको छ।
सोमबार कांग्रेस संसदीय बोर्डले सिवाकोटीलाई टिकट दिने निर्णय गरेको हो।
उनी पार्टी सभापति गगन थापा निकट मानिन्छन्।
नेपाल प्रेस युनियनका पूर्व महासचिव सिवाकोटी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए।
हालैको विशेष महाधिवेशनबाट फेरि उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।