नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका लागि रामसुन्दर चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
सोमबार पार्टीको संसदीय बोर्डको निर्णय अनुसार चौधरीलाई टिकट प्रदान गरिएको हो।
लामो समयदेखि सामाजिक सेवामा सक्रिय समाजसेवीका रूपमा परिचित चौधरीले शिक्षा, स्वास्थ्य तथा स्थानीय विकासका क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका छन्।
उनले समुदायस्तरमा विभिन्न जनसेवामूलक गतिविधिहरू सञ्चालन गर्दै आएका छन्।