नेपाली कांग्रेसले तनहुँका दुवै क्षेत्रमा उम्मेदवार टुंग्याएको छ।
सोमबार बसेको कांग्रेस संसदीय बोर्ड बैठकले तनहुँ क्षेत्र नम्बर १ मा गोबिन्द भट्टराईलाई टिकट दिएको छ।
त्यसैगरी तनहुँ क्षेत्र नम्बर २ मा शंकर भण्डारी उठ्ने भएका छन्।
उनीहरू दुबै जना निवर्तमान केन्द्रीय सदस्य छन्।
कांग्रेस संसदीय बोर्डले अन्य क्षेत्रमा पनि उम्मेदवारको टुंगो लगाइरहेको छ।