उज्यालो नेपाल पार्टीले ललितपुर क्षेत्र नम्बर ३ मा डा. विजय पन्तलाई उम्मेदवार बनाएको छ।
सो पार्टीका अध्यक्ष कुलमान घिसिङले सोमबार पन्तलाई पार्टीका तर्फबाट टिकट दिएका हुन्।
पन्त उज्यालो नेपाल पार्टीका संस्थापक केन्द्रीय सदस्य हुन्।
डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधार अभियानका अभियन्ता पन्त सामाजिक अभियानमा सक्रिय छन्।
पन्त ललितपुर धापाखेलका स्थानीय हुन्।
सो क्षेत्रमा यसअघि रास्वपाकी डा. तोसिमा कार्की निर्वाचित भएकी थिइन्।