नेपाली कांग्रेसले पर्वतमा अर्जुन जोशीलाई टिकट दिएको छ।
कांग्रेसको संसदीय बोर्डले सोमबार बेलुकी प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गरिरहेको छ।
यसैबीच बोर्डले जोशीलाई पर्वतमा उम्मेदवार बनाएको हो।
उनी केन्द्रीय सदस्य समेत छन्।
उनी २५ वर्षभन्दा लामो समयदेखि विभिन्न चुनावमा उम्मेदवार रहँदै आएका छन्। अघिल्लो निर्वाचनमा उनी नेकपा एमालेका पदम गिरीसँग पराजित भएका थिए।