नेपाली कांग्रेसले इलाम १ बाट निष्कल राईलाई उम्मेवार बनाउने निर्णय गरेको छ।
कांग्रेस संसदीय बोर्ड बैठकले फागुन २१ मा हुने निर्वाचनका लागि यो क्षेत्रबाट राईलाई टिकट दिने निर्णय गरेको हो।
३५ वर्षीय राई कांग्रेस इलामको प्रदेश क्षेत्रीय सभापति हुन्।
उनी इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (२) का सभापति हुन्।