नेकपा एमालेले नवलपरासीको क्षेत्र-२ मा पनि उम्मेदवार परिवर्तन गरेको छ।
यसअघि जिल्ला समन्वय प्रमुख समेत रहेका भगौती यादवको नाममा टिकट आएको भए पनि चौधरी अनिच्छुक भएपछि जिल्ला कमिटीका सचिवालय सदस्य समेत रहेका लेखनाथ खरेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।
नेकपा एमाले नवलपरासी अध्यक्ष दिपेन्द्र अधिकारीले चौधरी आफैले चुनाव नलड्ने भनेका कारण खरेलले उम्मेदवार बनाउन टिकट आएको बताए।
'उहाँ बुवाको उपचारका लागि भारत जानुभएको रहेछ। उहाँ आफैले चुनाव लड्दिनँ भन्नुभयो,' उनले भने।
खरेल पार्टीको निर्वाचन क्षेत्रीय संयोजक समेत हुन्।