नेपाली कांग्रेसले मकवानपुर-१ मा डिना उपाध्यायलाई उम्मेदवार बनाउने भएको छ।
उनी पार्टीका निवर्तमान सहमहामन्त्री हुन्।
त्यस्तै मकवानपर-२ मा बुद्ध लामालाई उम्मेदवार बनाइएको छ।
उनी कांग्रेसका मकवानपुर जिल्ला सभापति हुन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवार दर्ता गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसले कतिपय जिल्लामा उम्मेदवारको अझै टुंगो लागेको छैन।