नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर २ मा नेता मिनेन्द्र रिजाललाई उम्मेदवार बनाएको छ।
आज बसेको संसदीय बोर्ड बैठकले रिजाललाई उम्मेदवार बनाएको हो।
रिजाल निवर्तमान केन्द्रीय सदस्य हुन्।
रिजालको नाम मोरङ २ बाटै सिफारिसमा आएको थियो।
नेता रिजालले आफू मोरङ २ बाट उम्मेदवार हुने सेतोपाटीलाई जानकारी दिए।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।