नेकपा एमालेले सिन्धुपाल्चोक–१ मा तेस्रो पटक उम्मेदवार परिवर्तन गर्न लागेको छ। एमाले नेता शेरबहादुर तामाङले सरेश नेपाललाई उम्मेदवार बनाउने तयारी भइरहेको बताए।
गत सचिवालय बैठकले सिन्धुपाल्चोक–१ मा आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको थियो। सोमबार होमनारायण श्रेष्ठको नाममा टिकट थमाएको एमालेले आज पुनः परिवर्तन गर्न लागेको हो।
‘हामीले हिजोदेखि सरेश नेपाललाई उम्मेदवार बनाउन पहल गरेका छौं,’ तामाङले सेतोपाटीसँग भने।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म वचन दिइसकेका छैनन्।