नेपाली कांग्रेसले झापा २ मा सरिता प्रसाईंलाई उम्मेदवार बनाएको छ।
आज बसेको संसदीय बोर्ड बैठकले प्रसाईंलाई उम्मेदवार बनाएको हो।
उनी कांग्रेसमा प्रमुख सचेतक रहेर पनि काम गरिसकेकी थिइन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।