नेपाली कांग्रेसले ओखलढुंगामा कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ।
उनी कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।
यसअघि रामहरी खतिवडा उम्मेदवार बन्ने चर्चा थियो।
यद्यपि उनलाई टिकट नदिई कांग्रेसले लुइँटेललाई उम्मेदवार बनाएको हो।
खतिवडा २०७० र २०७९ मा ओखलढुंगाबाट निर्वाचित भएका थिए।
सेतोपाटीसँग कुारकानी गर्दै खतिवडाले आफूलाई नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले ‘सरी’ भनेर मेसेज पठाएको बताए।