नेपाली कांग्रेसले नेता रमेश लेखकलाई उम्मेदवार नबनाउने भएको छ।
लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारका आकांक्षी थिए।
उनी निवर्तमान गृहमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य हुन्। उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।
लेखक जेनजी आन्दोलनका बेला गृहमन्त्री थिए।
कांग्रेस संसदीय बोर्डले लेखकलाई टिकट नदिएर हरि बोहरालाई उम्मेदवार बनाएको हो।
बोहराले आफू कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार रहेको सेतोपाटीलाई जानकारी दिए।
‘मलाई पार्टीले उम्मेदवार बनाएको छ,’ उनले भने।