स्वर्गीय दीपक बोहराका दुवै छोरा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। राप्रपाले बोहराका छोरा गौरव र प्रज्वललाई रूपन्देहीबाट उम्मेदवार बनाएको हो।
राप्रपा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयका अनुसार रूपन्देही-३ मा बोहराका छोरा बुद्ध एयरका क्याप्टेन गौरव र क्षेत्र १ बाट अर्का छोरा इन्जिनियर प्रज्वल बोहरालाई उम्मेदवार बनाएको हो।
गौरव स्वर्गीय बोहराका जेठा छोरा हुन् भने प्रज्वल कान्छा छोरा हुन्। यसअघि रूपन्देही-३ मा हुने भनिएको उपनिर्वाचनमा गौरव र प्रज्वल दुवै उम्मेदवार बन्ने प्रतिस्पर्धामा थिए।
राप्रपाले गौरव र प्रज्वलसँगै क्षेत्र नम्बर २ मा कार्भिका थापा, ४ मा अहमदद्दिन खान र ५ मा मीनप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ।