नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ मा बेदनारायण गच्छदारलाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस संसदीय बोर्डले आज दुहवीका मेयर रहेका गच्छदारलाई सुनसरी ३ मा उम्मेदवार बनाउने निर्णय गरेको छ।
विजयले पनि टिकट पाएका थिए। तर उनको सट्टा बेदनारायणलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
बेदनारायणले आफू उम्मेदवार हुने बताए।
‘सभापति गगन थापाको हस्ताक्षरसहित टिकट मैले पाएको छु, नेता विजय गच्छदारले पनि टिकट पाएको सुनेको छु, कसको हस्ताक्षर छ त्यसमा मलाई थाहा छैन,’ उनले भने।
गच्छदार आठौं पटक चुनाव लड्ने तयारीमा थिए।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता छ।
गच्छदारविरूद्ध ललिता निवास जग्गासम्बन्धी मुद्दा टुंगिएको छैन। उनी १० लाख धरौटीमा छुटेका थिए।