नेपाली कांग्रेसका पूर्वमहामन्त्री शंशाक कोइराला विजयी भएको नवलपुर-१ निर्वाचन क्षेत्रबाट गजेन्द्र आलेले टिकट पाएका छन्।
आले कांग्रेसका महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि हुन्।
उनी गैँडाकोट नगरपालिकाबाट मेयर पदका लागि भएको निर्वाचनमा पराजित भएका थिए।
विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसका सभापति गगन थापा नेतृत्वको संसदीय बोर्डले कोइरालालाई उम्मेदवार नबनाएको हो।