नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर २ मा सुशीला थिङलाई उम्मेदवार बनाएको छ।
कांग्रेस संसदीय बोर्डले थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
थिङले आज अपराह्न ३ बजे मनोनयन दर्ता गर्ने सेतोपाटीलाई जानकारी दिइन्।
उनी निवर्तमान सचेतक तथा निवर्तमान प्रतिनिधि सभा सांसद तथा निवर्तमान केन्द्रीय सदस्य हुन्।
फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि आज मनोनयन दर्ता हुँदैछ।