नेकपा एमालेका सचिव महेश बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।
भक्तपुरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर सचिव बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्।
बस्नेत अघिल्लो निर्वाचनमा कांग्रेसका दुर्लभ थापासँग पराजित भएका थिए। त्यतिबेला कांग्रेसले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो।
२०७४ मा बस्नेत विजयी भएका थिए।
त्यतिबेला एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो।
तस्बिरहरूः







