नेकपा एमालेले सुनसरी–२ को उम्मेदवार परिवर्तन गरेको छ।
यसअघि प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीले त्यस क्षेत्रमा टिकट पाएका थिए।
अहिले परिवर्तन गरेर सुजन लामालाई दिइएको उनले बताए।
‘बिहानसम्म मेरो नाममा टिकट थियो। अहिले उम्मेदवार परिवर्तन गरेको छ भन्ने सुनेको छु,’ उनले भने।
प्रतिनिधि सभातर्फ उम्मेदवार बन्ने भएपछि उनले कोशी प्रदेश सभाबाट राजीनामा दिएका थिए। उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।