नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ४ मा सचिन तिमल्सेनालाई उम्मेदवार बनाउने भएको छ।
कांग्रेस संसदीय बोर्डले तिमल्सेनालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आफूलाई पार्टीले काठमाडौं ४ बाट उम्मेदवार बनाएको तिमल्सेनाले सेतोपाटीलाई जानकारी दिए।
तिमल्सेना युथ कांग्रेसको अध्यक्ष र क्रिकेट कमेन्टेटर पनि हुन्।
काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए। सभापति थापा सर्लाही ४ मा उम्मेदवार हुने भएका छन्।