आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।
यसै क्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट युवा नेता रोशन दानीले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार दानीले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
दानीले 'युवा आऊ, देश बचाऔँ' भन्ने अभियानका अगुवाका रूपमा परिचित दानी नि:शुल्क शिक्षा र नि:शुल्क स्वास्थ्य सेवा राज्यको दायित्व हुनुपर्छ भन्ने मान्यताको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका छन्।
दानी 'मै बनाउँछु मेरै लागि अस्पताल' अभियानका अभियानी समेत हुन्, जसले जनस्वास्थ्यलाई आधारभूत अधिकारका रूपमा स्थापित गर्नुपर्ने बहसलाई अघि बढाएको छन्। उनी थानकोट जेसिजका पूर्वअध्यक्ष हुन्।