नेपाली कांग्रेसले काठमाडौं–३ मा रमेश अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
कांग्रेसले मंगलबार अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
अर्याल २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का पूर्वअध्यक्ष हुन्।
त्यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरका पूर्व नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेले पूर्वसंविधान सभा सदस्य रामेश्वर फुयाललाई उम्मेदवार बनाएको छ।
उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।