रूपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदिप पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्।
पाण्डे दिउँसो साढे १ बजे दलबल सहित बुटवल देवीनगरस्थित निर्वाचन आयोगको क्षेत्रीय कार्यालयमा पुगेका थिए।
निर्वाचन कार्यालयले सबै दलहरूलाई उम्मेदवारी दर्ताका लागि अलग अलग समय निर्धारण गरेको थियो। सोही अनुसार नेपाली कम्युनिस्ट पार्टीलाई दिउँसो १ बजेको समय दिइएको थियो।
रूपन्देही क्षेत्र नं. २ मा नेकपा एमालेबाट विष्णु पौडेल, नेपाली कांग्रेसबाट चुन्नप्रसाद पौडेल, रास्वपाबाट सुलभ खरेल लगायत अन्य दलका उम्मेदवारहरूले मनोनयन गर्दैछन्।