नेपाली कांग्रेसले ललितपुरका ३ वटै क्षेत्रमा उम्मेदवार तय गरेको छ।
कांग्रेस संसदीय बोर्डले ललितपुर १ मा सहमहामन्त्री उदय शम्शेर राणालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
साथै ललितपुर २ मा प्रेमकृष्ण महर्जन र ललितपुर ३ मा जितेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको हो।
जितेन्द्र ललितपुर कांग्रेस सभापति पनि हुन्।
फागुन २१ मा हुने निर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ।