नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ मा प्रवल थापालाई उम्मेदवार बनाएको छ।
पार्टी संसदीय बोर्डले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आफूले काठमाडौं क्षेत्र नम्बर १ बाट टिकट पाएको थापाले जानकारी दिए। ‘केहीबेरमा उम्मेदवारी दर्ता हुन्छ,’ उनले भने।
थापा क्षेत्र नम्बर १ बाट पार्टीमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।
यसअघिको चुनावमा यो क्षेत्रबाट प्रकाशमान सिंह जित्दै आएका थिए।
यसपालि पनि सिंह पहिलो नम्बरमा सिफारिसमा परेका थिए तर कांग्रेसले सिंहलाई टिकट दिएन।