गुल्मी-१ मा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले उम्मेदवारी दर्ताअघि सँगै फोटो खिचाएका छन्।
जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउनु अघि कांग्रेसका चन्द्र भण्डारी, एमालेका प्रदीप ज्ञवाली र नेपाली कम्युनिष्ट पार्टीका सुदर्शन बरालले सँगै फोटो लिएका हुन्।
बराल र ज्ञवाली पहिले निर्वाचन कार्यालय पुगेर भण्डारीलाई पर्खिएका थिए। ढिलागरी भण्डारी पुगेपछि ज्ञवालीले 'यसरी ढिला गरिदिने हाम्रो समय खाइदिने!' भन्दै जिस्काएका थिए।
चन्द्र भण्डारीले गुल्मीमा नेताहरूबीच यस्तो सम्वन्ध छ भनेर सन्देश दिन आग्रह गरे।
त्यस्तै ज्ञवालीले गुल्मी १ मा साँच्चिकै राम्रो सम्बन्ध र राजनीतिक संस्कार रहेको बताएका थिए।
त्यस्पछि भण्डारी र बरालले एक आपसमा शुभकामना दिदै अंकमाल गरेका थिए।