नेकपा एमालेले काठमाडौं–४ मा उम्मेदवार टुंगो लगाएको छ।
काठमाडौं–४ मा एमाले सचिव राजन भट्टराई उम्मेदवार बन्ने भएका हुन्।
उनले अहिले साढे ३ः३० बजे उम्मेदवारी दर्ता गर्ने एक नेताले जानकारी दिए।
‘सभापति गगन थापा उम्मेदवार नभए राजन भट्टराई उम्मेदवार बन्ने निधोजस्तै थियो। उहाँले नै उम्मेदवारी दर्ताको तयारी गर्नुभएको छ,’ ती नेताले भने
कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवारी दर्ता गर्दैछन्। काठमाडौं–४ मा कांग्रेसले सचिन तिमेल्सिनालाई उम्मेदवार बनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने त्यस क्षेत्रबाट पुकार बमलाई उम्मेदवार बनाएको छ।