नेपाली कांग्रेसले पूर्वगृहमन्त्री रमेश लेखकलाई उम्मेदवार नबनाएको भन्दै विरोध भएको छ।
लेखकनिकट कञ्चनपुर ३ का नेता कार्यकर्ताले आज सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माविरूद्ध नाराबाजी र पुतला दहन गरेका छन्।
लेखक टिकटका आकांक्षी थिए।
कांग्रेस संसदीय बोर्डले कञ्चनपुर ३ मा हरि बोहरालाई उम्मेदवार बनाएको छ।