नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर २ मा कविर शर्मालाई उम्मेदवार बनाएको छ।
पार्टी संसदीय बोर्डले शर्मालाई आज उम्मेदवार बनाउने निर्णय गरेको हो।
आफू उम्मेदवारी दर्ताका लागि जाँदै गरेको शर्माले सेतोपाटीलाई जानकारी दिए।
फागुन २१ मा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ।
उनी कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिसमेत हुन्।