सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौैटी माग गरेको छ।
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो।
मंगलबार जिल्ला न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासले उनीसँग एक करोड रूपैयाँ धरौटी माग गरेको हो।
रवि उक्त धरौटी बुझाउने प्रक्रियामा रहेको श्रेस्तेदार प्रभाकरकुमार मल्लिकले जानकारी दिए।
लामछिाने त्यहाँबाट चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन जाँदैछन्।
सरकारी वकिलको कार्यालय पर्साले सानो पाइला सहकारीको ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो माग गरेको थियो। उक्त मुद्दा जेठ ३० गते नै दर्ता भएको थियो।
मुद्दा दर्ता भए पनि उनी अदालतमा उपस्थित भएका थिएनन्।
मंगलबार उपस्थित भएपछि आजै प्रारम्भिक सुनुवाइ गरी धरौटी रकम माग गरेको हो।