राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा अछाम क्षेत्र नं. २ का उम्मेदवार भूपदेव शाहले मनोनयन दर्ता गरेका छन्।
मंगलबार दिउँसो अछाम-२ बाट शाहले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयद दर्ता गरराएका हुन्।
मनोनयन दर्तापछि आयोजित एक कार्यक्रममा उनले जेनजी आन्दोलन नयाँ राजनीतिक चेतानाको ऐतिहासिक अभिव्यक्ति भन्दै पारदर्शिता, जवाफदेहिता र परिणाममुखी शासन आफ्नो राजनीतिक एजेन्डाको केन्द्रमा रहेको बताए।
कार्यक्रममा बोल्ने वक्ताहरूले जेनजी विद्रोहले राजनीतिमा पुस्तागत परिवर्तनको संकेत दिएको उल्लेख गरेका थिए।
चुनावी अभियानमा खटिएका रास्वपाका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले जनताको विश्वासलाई पार्टीको प्रमुख पुँजी ठान्दै पारदर्शी, उत्तरदायी र परिणाममुखी राजनीतिका लागि आफू र आफ्नो पार्टी दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भदौ २३ र २४ को जेनजी विद्रोहले दिएको जनादेशलाई संस्थागत सुधार र सुशासनमार्फत व्यवहारमा उतार्ने दृढ संकल्प बताए।