फागुन २१ को चुनावमा उम्मेदवार हुने चर्चा चलिरहेका बेला नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले आफू चुनाव नलड्ने प्रस्ट पारेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार दिउँसो आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
उनले आफू सडक आन्दोलनबाट आएको र भुइँमान्छेहरूकै वरिपरि बस्न रूचि भएकाले सडककै नजिक रहेर सिक्न चाहेको बताएकी छन्।
उनले 'केही हल्लाहरूका बीचमा मेरो सानो कुरा' भन्दै फेसबुकमा लेखेकी छन्, 'सडक सधैं मेरो लागि नजिक छ। मेरो कन्भिक्सन आन्दोलन हो। स्थान भुइँमान्छेहरूकै वरपर हो। म यो फागुन २१ को चुनाव नलड्ने हिजो पनि प्रस्टै थियो, आज पनि प्रस्टै छ। मेरा लागि सडक एउटा विश्वविद्यालय हो, र म अझै सडककै नजिक रहेर सिक्न चाहन्छु।'
उनी अगाडि लेख्छिन्, 'मेरो राजनीतिक यात्राप्रति सद्भाव र शुभेच्छा राख्नुहुने नयाँ दल रास्वपा र नयाँ नेपाली कांग्रेसप्रति साधुवाद। तपाईंहरू सबैको प्रेम, सल्लाह, सुझाव र साथका लागि धेरै–धेरै आभारी छु।'