राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार दिउँसो उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
उनले काठमाडौंमा टिकट पाएपछि उम्मेदवारी दर्ता गराउन नवलपुर गएका थिए।
नवलपुर मध्यविन्दु नगरपालिका-६ का स्थानीय उनी अहिले चुनावी अभियानमा लागिसकेका छन्।
सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा उनी पनि सक्रिय भएर काम गरेका थिए।
यसअघि नवलपुर-२ मा भने नेपाली कांग्रेसका विष्णुकुमार कार्कीले जितेका थिए।
कार्कीले ३६ हजार १३२ मत ल्याउँदा उनका प्रतिस्पर्धी तलबहादुर महत क्षेत्रीले ३४ हजार ११० मत ल्याएका थिए। तेस्रो स्थानमै रहेको रास्वपाका शालिकराम न्यौपानले ६ हजार ४४९ मत प्राप्त गरेका थिए।