राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही क्षेत्र नं. २ मा पहिले टिकट दिएका आशिष सुवेदीको उम्मेदवारी खारेज हुने डरले अन्तिम समयमा सुलभ खरेललाई टिकट दिएको खुलेको छ।
तिलोत्तमा नगरपालिका वडा नं. ८ निवासी आशिषसँग हङकङको आइडी रहेको थाहा पाएपछि उम्मेदवारी खारेज हुने डरले उनलाई हटाएर सुलभलाई उम्मेदवार बनाइएको स्रोतको दाबी छ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को दबाबमा टिकट पाएका सुवेदीसँग चीनको हङकङ प्रान्तको आइडी रहेको खुलेको छ। उनको नाममा जारी भएको एम ४९०८१० (ए) नम्बरको हङकङ प्रान्त आइडी कार्ड समेत फेला परेको छ।
उनलाई टिकट दिएपछि रास्वपाबाट असन्तुष्टि चुलिएको र अर्कोतर्फ हङकङको आइडी समेत फेला परेपछि उम्मेदवारी खारेज हुने डरले मंगलबार रास्वपाले सुलभ खरेललाई टिकट दिएर पठाएको थियो।