पत्रकार ऋषि धमलाले रौतहट-४ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार रौतहट-४ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले उम्मेदवारी दर्ता गराएका हुन्।
उनले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका हुन्।
उनकी श्रीमती एलिजा गौतम आजपाकी उपाध्यक्ष छिन्।
धमला आफै भने धादिङका हुन्।
उनी प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रम चलाउँदै आएका थिए।