पर्सा क्षेत्र नम्बर ४ मा २४ जनाले मनोनयन दर्ता गरेका छन्।
निर्वाचन अधिकृत नुतन झाका अनुसार मनोनयन दर्ता गर्नेहरूमा १३ जना राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार छन्।
स्वतन्त्र उम्मेदवार मध्ये ६ जना महिला छन्।
पर्सा क्षेत्र नम्बर ४ पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल (६९)को क्षेत्र हो।
०७९ सालमा ३१ हजार २२४ मत ल्याएर उनी निर्वाचित भएका थिए। उनको निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँ मन्सुरी थिए। उनले २५ हजार ६ सय ७१ मत ल्याएका थिए।
फागुन २१ को निर्वाचनका लागि उनीहरू दुवै जनाले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले टेकबहादुर शाक्य, नेपाली कम्युनिष्ट पार्टीले जय प्रकाश थारुलाई अघि सारेका छन्।
टेकबहादुर नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेर रास्वपा गएका हुन् भने जयप्रकाश एमाले पार्टी परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा गएका हुन्।
पूर्व संविधान सभा सदस्य जयप्रकाश एमाले पर्साको अध्यक्ष समेत रही सकेका व्यक्ति हुन्।