झापा–१ मा इन्जिनियर अशेष घिमिरेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएका छन्।
मंगलबार मनोनयन प्रक्रिया पूरा गरेपछि घिमिरेले मजदुरको पक्षमा केन्द्रित राजनीति र अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसको सुरूआत उनले टेम्पो चढेर नजिकैको सतिघट्टस्थित चिया बगान पुगेर गरेका थिए। त्यहाँ उनले चिया मजदुरहरूसँग भेटघाट गर्दै आफ्नो अभियानबारे जानकारी दिए।
'हामी गाडीमा हाइहाइ, हुइहुइ गरेर अनावश्यक खर्च गर्दैनौं। चुनावमा खर्च गर्नु भनेको भ्रष्टाचारको बीउ रोप्नु हो,' उनले भने।
झापा जिल्लाका चिया मजदुरले भोग्दै आएका दैनिक ज्यालामा हुने विभेद, सामाजिक सुरक्षा, बीमा लगायत समस्या आफ्नो प्रमुख चुनावी एजेन्डा हुने घिमिरेले स्पष्ट पारे।
*यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ।