आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा-३ मा नेकपा एमालेबाट रूपेश पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
पर्सामा अघिल्लो निर्वाचनमा एमालेकै राजकुमार गुप्ता निर्वाचित भएका थिए।
यसपालि यहाँ कांग्रेसबाट सुरेन्द्रप्रसाद चौधरी, नेकपाबाट छोटेलाल यादव, रास्वपाबाट रमाकान्त चौरसिया र राप्रपाबाट नवीनकुमार सिंह उम्मेदवार रहेका छन्।