पूर्व आइजिपी सर्वेन्द्र खनालले बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका छन्।
मंगलबार बारास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दिएका हुन्।
उनी सम्मुनत नेपाल पार्टीका सभापति छन्।
पछिल्लो समय उनी नेकपा एमालेमा थिए। एमालेबाटै काठमाडौं र तनहुँबाट समेत निर्वाचन लडेका थिए। तर दुबै पटक उनी पराजित भएका थिए।
जेनजी आन्दोलनपछि उनले आफ्नै दल खोलेका थिए। पछि समुन्नत नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी एकसाथ चुनाव लड्ने भएको थियो। उनको चुनाव चिन्ह बाँसुरी छ।