फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट ३ जना गरी १५ जनाको उम्मेदवारी परेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अर्घाखाँचीमा नेकपा एमालेबाट पीताम्बर भुसाल, नेपाली कांग्रेसबाट विष्णुप्रसाद खनाल मुस्कान, राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसाल, राष्ट्रिय जनमोर्चाबाट पशुपतिनाथ ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झविन्द्र फुल्लेलले उम्मेदवारी दिएका छन्।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्करनाथ आचार्य, मंगोल नेशनल अर्गनाइजेशनका सूर्यबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीका रामबहादुर चौहान, नेशनल रिपब्लिक नेपालका विष्णुबहादुर गाहा, जनता समाजवादी पार्टीका टुकबहादुर चेवाली, आम जनता पार्टीका दुर्गबहादुर भाट क्षेत्री र नेपाल कम्युनिस्ट पार्टी माओवादीका खिम बहादुर घर्ती मगरले उम्मेदवारी दिएका छन्।
त्यस्तै हिमाल भुसाल, पम्फा श्रेष्ठ र रवि शाहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
१०२ मतदान स्थल र २०९ मतदान केन्द्र रहेको अर्घाखाँचीमा १ लाख ७१ हजार ६५२ जना मतदाता रहेका छन्।