नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।
आफूले राजीनामा दिइसकेको पौडेलले सेतोपाटीलाई जानकारी दिए।
विशेष महाधिवेशनबाट पार्टी नेतृत्वसहित नयाँ कार्यसमिति आएपछि पौडेलले राजीनामा दिएका हुन्।
पुस ३० गते गगन थापाको सभापतित्वमा कांग्रेसमा नयाँ कार्यसमिति आएको छ। उक्त कार्यसमितिले भोलि केन्द्रीय कार्यालय सानेपा पुगेर पदभार ग्रहण र केन्द्रीय समिति बैठक गर्ने कार्यक्रम छ।
उक्त कार्यक्रमअघि मुख्य सचिव पौडेलले राजीनामा दिएका हुन्। पौडेल राष्ट्रिय सभा सांसदसमेत छन्।
पौडेलले राजीनामा दिएपछि पार्टी सचिव प्रकाश शर्माले केन्द्रीय समिति बैठक बस्नेबारे सूचना निकालेका थिए।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइसक्दा पनि पौडेलले मुख्य सचिवका हैसियतमा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी लेटरप्याडमा सूचना जारी गर्दै आएका थिए, त्यसबेला यसलाई लिएर विरोधसमेत भएको थियो।