गृहमन्त्री ओमप्रकाश अर्याल सरकार प्रवक्ता तोकिएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि सरकारका प्रवक्तामा जगदीश खरेल थिए। उनी सञ्चार, सूचना तथा प्रविधि मन्त्री थिए।
चुनाव लड्न राजीनामा दिएसँगै प्रवक्ताको जिम्मेवारी अर्याललाई दिइएको हो।