झापा क्षेत्र नम्बर २ मा प्रा.डा युवराज संग्रौलाले स्वतन्त्र उम्मेदवार भएका छन्।
मंगलबार उनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका छन्।
उनले आफू झापाबाट औद्योगीकरणको अभियान थाल्न स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्।
‘म स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा आएको भन्ने प्रश्नको एउटै उत्तर छ। म यो देशको रोजगारहीन अर्थतन्त्रलाई उत्पादनमूलक बनाइ विदेशीनुपर्ने बाध्यताका विरूद्ध लड्ने छु। र झापाबाट औद्योगीकरणको अभियान निर्माण गर्न चाहन्छु। म नागरिकको आवाज बन्न चाहन्छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।