दाङमा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिने दुबै जना दाङ क्षेत्र नं. ३ का हुन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दाङको निर्वाचन क्षेत्र नं. २ र १ मा कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको लागि मंगलबार उम्मेदवारी दर्ता गराएकामध्ये दुई जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएसँगै अब तीन पदका लागि दाङमा ६० जनाका बीचमा प्रतिस्पर्धा हुने भएको छ।
अब क्षेत्र नं. ३ मा २३ जना, क्षेत्र नं. २ मा २३ जना र क्षेत्र नं. १ मा १४ जना गरी कुल ६० जना उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुने निश्चित भएको छ।