शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ‘त्रिभुज’ चुनाव चिह्न पाएका छन्।
निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रक्रियामा सहभागी पुनलाई त्रिभुज चिह्न प्रदान गरेको हो।
ग्रामीण क्षेत्रमा प्रविधि विस्तार, सामुदायिक विकास तथा नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका पुनले वैकल्पिक राजनीतिको धारणा अघि सार्दै निर्वाचनमा होमिएका छन्।
म्याग्दीमा कांग्रेसबाट कर्णबहादुर (केबी) भण्डारी, एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका उम्मेदवार छन्।