राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनीमा मतदान सम्पन्न भएको छ। मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो।
मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार २८६ जनाले मतदान गरेका छन्।
प्रदेशसभातर्फ ३० जना महिला र ४८ पुरूष गरी ७८ जनाले मतदान गरेका छन्।
त्यस्तै पालिका प्रमुख/उपप्रमुखतर्फ ८५ महिला र १२३ जना पुरूष गरी २०८ जनाले मतदान गरेका छन्।
मतदानमा १३ जना अनुपस्थित थिए।
मुख्य निर्वाचन अधिकृत पण्डितका अनुसार
कांग्रेसका एक र राप्रपा तीन जना सांसद मतदान गर्न आएनन्।
नेपाली कांग्रेसका अनुराग खड्का, राप्रपा सांसदहरू मिनकुमारी श्रेष्ठ, आशिषकुमार चौधरी र जानकी प्रभाकर यादव मतदान गर्न गएनन्। उपसभामुख मेनुका खाण केसी पनि मतदानमा उपस्थित भइनन्।
त्यस्तै पालिका प्रमुख/उपप्रमुखहरू अजय थापा, गंगा श्रेष्ठ, गिता चौधरी, रत्नकुमारी पाण्डे, राधाकृष्ण चमार, सुनिता गुरूङ र रत्न पौडेल सहभागी भएनन्।
लुम्बिनीमा महिला क्लस्टरमा एक जना, अपांगता तथा अल्पसंख्यकतर्फ एक र अन्यतर्फ एक जना रिक्त पदका लागि मतदान भएको हो।
लुम्बिनी प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट लुम्बिनी प्रदेशको तीन सिटमा पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य गुल्मीकी रामकुमारी झाक्री, कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य गुल्मीकै चन्द्रबहादुर केसी र दाङ लमहीका कांग्रेस नेता वासुदेव घिमिरे उम्मेदवार छन्।